कम्तिमा २० वर्ष नेकपाले देशकाे नेतृत्व गर्छ

bhandari
लाेकपाटी न्यूज

काठमाडौं, १७ फागुन। अनेरास्ववियूका नेता तिलकराज भण्डारीले आउने २० वर्षसम्म नेपाली राजनीतिमा नेकपाको विकल्प नभएको बताएका छन्  वामदेव घिमिरे अक्षयकोष समितिद्वारा आयोजित पक्लिहवा कप(२०७६ को समापन कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्।

पार्टीमा केही कमजोरीहरु रहेपनि सच्याएर अघि बढ्ने र पार्टी निर्माणको अभियान अब अनेरास्ववियूले लिने भण्डारीले बताए। राजनीतिक आन्दोलनमा युवा विद्यार्थीहरुले खेलेको भूमिका ऐतिहासिक रहेको बताउँदै आज राजनीतिक क्रान्ति आधारभुत रुपमा पूरा भएकाले विद्यार्थी आन्दोलनको कार्यभार पनि वदलिएको बताए।

मुलुक आर्थिक सम्वृद्धि र विकासको चरणमा प्रवेश गरेकोले आर्थिक समृद्धि र सामाजिक न्यायसहितको समाजवाद निर्माणको अभियानमा अनेरास्ववियूले रचनात्मक आन्दोलनको नेतृत्व गर्ने भण्डारीले बताए। कार्यक्रममा बोल्दै भण्डारीले मुलुकको आर्थिक समृद्ध र विकासको नयाँ नयाँ मोडेलहरुको पहिचान गर्न अनेरास्ववियूलाई अनुसन्धान तथा आविस्कार केन्द्र बनाउने दृढता व्यक्त गरे।

वामदेव घिमिरे अक्षयकोष समितिद्वारा आयोजित पक्लिहवा कप (२०७६ पुरुष भलिबल, महिला भलिबल तथा सुपरसिक्स क्रिकेट समावेश गरिएको र महिला भलिवलमा एभरेष्ट कलेज बुटवल, पुरुष भलिबलमा मणिमुकुन्द कलेज बुटवल र सुपरसिक्स क्रिकेटमा लिलाराम न्यौपाने कलेज भैरहवाले उपाधि हात पारेको आयोजक समिति अध्यक्ष सुरज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्