वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन हुन्छ: गृहमन्त्री थापा

Ram Bahadur thapa Badal
लाेकपाटी न्यूज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेकपाले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुने बताएका छन् । निर्णय भइसकेको र कार्यान्वयनको प्रक्रियामा रहेको थापाले बताएका हुन्।

शनिबार पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री थापाले गौतमसम्बन्धी निर्णय कार्यान्यवन हुने दाबी पनि गरेका हुन्। नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रियसभामा दोहोर्याउने अडान लिएका थिए।

यसले नेकपामा तनावको अवस्था सिर्जना भएको छ। मन्त्री बादलले दलको निर्णयअनुसार मन्त्रिपरिषद्स्तरीय सिफारिसमा राष्ट्रपतिले गौतमलाई सिफारिस गर्नु हुर्नुहुने विश्वास गरेको बताएका हुन् । पार्टीको लागि यो महत्त्वपूर्ण हुनेबताएका छन् ।