नोवेल कोरोना भाइरस भ्रम र यथार्थ

rakesh
लाेकपाटी न्यूज

डा.राकेश कुमार यादव

काठमाडौं । कोरना भाइरस कयौं भाइरसहरुको एक समूह हो । जुन जनावर र पशुपंक्षीको कारणले हुन्छ । यो आरएनए भाइरस हो । जो कोरोना विरिडाएमा पर्दछ । मानिसमा यो श्वास प्रश्वासमा प्रणालीमा सङ्क्रमणको कारणले हुन्छ ।

नोवेल कोरोना भाइरस हुवेइ प्रान्तको वुहान शहरमा सर्वप्रथम ८ डिसेम्बर २०१९ मा देखा परेको थियो । हाल यो चीनको अरु ठाउँहरुमा तेजिलो गतिमा फैलिरहेको छ । कोभिड १९ चीन बाहेक अरु देशहरुमा पनि फैलिसकेको छ । चीनबाट नेपाल ल्याइएका १ सय ७५ जना नेपालीहरु सबैजना कोरोना भाइरसबाट सुरक्षित हुनु खुसीको कुरा हो । तर नेपालमा कोरोना भाइरसको प्रकोप अहिलेसम्म नभए पनि विशेष सतर्कता अपनाउनु पर्ने आवश्यकता छ । चीनबाट आएकाहरुमा कोरोनाको संक्रमण्म हुन्छ नै भन्ने छैन तर सर्तकता अपनाउनु पर्छ ।

कोरोना भाइरस र मौसमी इन्फ्लुञ्जाको प्रारम्भिक लक्षण मिल्दो जुल्दो भएकाले मौसमी इन्फ्लुन्जा लाग्दा पनि कोरोना भाइरास सङ्क्रमण भएको हो की भनेर भय र त्रास हुनेको संख्या धेरै छन् । त्यस्तो भय त्रासमा नपरी लक्षण देखिएमा विषेशज्ञ चिकित्सकको सल्लाहा अनुसार ल्यावमा जााच गराउनु पर्छ । कोरना भाइरसको लक्षणहरुमा ज्वरो आउने, टाउको दुख्ने, खकार आउने नाकबाट पानी बग्ने, घााटी दुख्ने, शरिर दुख्ने, नाक बन्द हुने, श्वास फेर्न गाह्रो हुने, निमोनिया हुने, मृगौलामा समस्या देखिने तथा सेप्सिस हुन सक्छ । कोभिड–१९ संक्रमण भएको दुई देखि १४ दिनसम्म लक्षण देखिन सक्छ ।

कोरोना भाइरस कसरी सर्छ ?

कोरोना भाइरस संक्रमित व्यक्तिले ओक्दा, हाछ्यूँ गर्दा वा बोल्दा मुखबाट निश्कने पानीको कारण र हावाको माध्यमबाट वातावरणमा फैलन्छ । संक्रमित व्यक्तिको एक मिटरको दुरीमा रहेको व्यक्तिलाई कोरोना भाइरस सर्न सक्छ । श्वास प्रश्वासको माध्यमबाट व्यत्तिमा यस्तो भाइरस सर्ने गर्छ ।

कोरोना भाइरसबाट कसरी सावधानी अपनाउने ?

यस्ता भाइरसको संक्रमणबाट बाच्नको लागि भिडभाडमा त्यति धेरै बस्न हुदैन । यदी भिडमा जानु पर्ने भएपनि सावधानी अपनाउनु पर्छ । त्यसका लागि सर्जिकल एन नाइन्टिफाइभ माक्सको प्रयोग गर्ने गर्नु पछृ । संक्रमण भएका विरामीले प्रयोग गरेका सामग्री प्रयोग गर्नु हुदैन् । विरामीको नजिक बस्नु हुदैन् । बाहिर निश्केर घर पुगेपछि अनिवार्य रुपमा सावुन पानीले हातगोडा धुने । सनिटनइजर प्रयोग गर्ने गर्नु पर्छ । यसो गर्दा संक्रमण सर्ने डर कम हुन्छ । खानपान गर्नुभन्दा पहिले सावुन पानीले राम्रोसँग हात धुनु पर्छ । पशुपक्षीबाट सकेसम टाढा बस्ने तथा जनावर पशुपंक्षी मरेको ठाउँमा जानु हुदैन् ।

कोरोनाको जोखिम समुह

बृद्धबृद्धा ६० वर्ष नाघेका , बालबालिका ५ वर्ष मूनिका, गर्भवति र दीर्घरोगी महिला, एचआइभी संक्रमित, मधुमेह, मुटुरोग सम्बन्धी समस्या भएका, फोक्सोका समस्या भएका, अंग कारण प्रत्यारोपण गरेका, क्यान्सरका उपचार गराइरहेका व्यक्तिहरु कोरोनाको जोखिम समूहमा पर्छछन् ।

उपचार विधि

कोरोना भाइरसको संक्रमणबाट निको हुनको लागि शरिरको रोगप्रतिरोधात्मक क्षमताको ठूलो भूमिका हुन्छ ।सही समयमा लक्षण अनुसारको उपचार पाएपछि विरामी निको हुन सक्छ । कोभिक १९ को विशिष्ट औषधी र खोप अलिसम्म पत्ताल गाउन सकेको छैन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्