गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

laxuprakash malla
  • 38
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन। नेपाली संगीतमा नयाँ विश्व कीर्तिमान राख्न सफल गायक एंव संगीतकार लक्षु प्रकाश मल्ललाई सम्मान गरिएको छ। राजधानिको न्यू भिजन एकेडेमी स्कूल कोटेश्वरले उनलाई सम्मान प्रदान गरेको हो।

मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको थियो।ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो। संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत् जानकारी गराईएको थियो।

गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ। मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरेको हो। उनले अझै सङ्गितको क्षेत्रमा जिम्मेवारी थपेको र अझ नयाँ प्रयोग संगीतमा गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्