सुनको भाउ ह्वातै घट्यो, तोलाको कति ?

लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन। सुन-चाँदीको भाउ ओरालो लाग्न थालेको छ। यो साताको पहिलो दिन आइतबार छापावाला सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेर ७८ हजार रुपैयाँमा आएको हो। गत शुक्रबार सुनको भाउ प्रतितोला ७९ हजार २०० रुपैयाँ थियो।

यस्तै, तेजावी सुनको भाउ पनि १ हजार २०० रुपैयाँले घटेर ७७ हजार ७०० रुपैयाँमा झरेको छ। गत शुक्रबार तेजानी सुनको भाउ ७८ हजार ९०० रुपैयाँ थियो। चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ।

पछिल्लो समय सुनको मूल्य चुलिनुमा कोरोना भाइरसलाई प्रमुख कारण देखाइएको थियो। छोटो सयममा अत्याधिक बढेकाले अहिले फेरि मूल्य करेक्सन भएको व्यवसायीहरु बताउँछन्। कोरोनाका कारण विश्व अर्थतन्त्र प्रभावित भइरहँदा सुरक्षित क्षेत्र खोज्दै लगानीकर्ता सुन बजारमा आकर्षित हुन् थालेको व्यवसायीको दावी छ।

विश्व बजारमा भाउ चुलिएपछि नेपाली बजारमा स्वतः वृद्धि हुने गर्छ। किने भने हाम्रो सुन बजार पूरै आयातमा निर्भर छ। सुनमा अन्तर्राष्ट्रिय बजारमा तोकिने मूल्यलाई नै आधार मानेर स्थानीय बजारमा व्यवसायीले नाफासमेत जोडी बिक्री गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्