प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार

KP Sharma Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोपण हुनेछ। यसका लागि उनी भोलि नै अस्पताल भर्ना हुनेछन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण हुनेछ।

प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसयता उनले निरन्तर औषधि खाइरहेका छन्।

‘मेनिन्जाइटिस’ भएर सन २०१३ मा प्रम ओली शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गर्न पुगेका थिए। त्यहाँ उपचार गरेको केही दिनपछि डा. दिव्या सिंहले ग्राण्डी ‘रिफर’ गरेकी थिइन्। ग्राण्डीमा पनि उपचार नभएपछि उनी ओलीसँगै बैंकक गएकी थिइन्।

बैंककमा महिना दिनभन्दा लामो उपचारपछि ओलीको अवस्था खतराबाट मुक्त बनेको थियो। त्यतिबेला कडाखालको ‘मेनिन्जाइटिस’ सँगै निरन्तर लामो समयसम्म टाउको दुख्ने समस्या थियो। स्वास्थ्यमा हेलचेक्र्याइँ र चिकित्सकको सल्लाहबिना औषधि खाएकाले सिकिस्त भएका थिए। कडा मेनिन्जाइटिसले गर्दा ढाडबाट पानी झिक्नुपर्ने अवस्था थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्