‘भ्रष्टाचार गरेको पुष्टि भए गोकुल बाँस्कोटालाई पार्टीले कारवाही गर्छ’

Bhim-rawal
लाेकपाटी न्यूज

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य भीम रावलले अहिले एमसीसी प्रतिवेदनबारे बोल्न नमिल्ने बताएका छन्।वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको अध्ययन कार्यदलले सरकारलाई बुझाएको एमसीसी प्रतिवेदनबारे नेता रावलले बोल्न नमिल्ने बताएका हुन्।

एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलका सदस्यसमेत रहेका रावलले एक अनलाइनसँगको संवादमा भने ‘यो विषयमा जबसम्म पार्टीको माथिल्लो तह वा सम्बन्धित निकायबाट सार्वजनिक गर्ने, बोल्ने भन्ने हुँदैन, तबसम्म म बोल्दिनँ।’ नेता रावलले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गल्ती गरेका भए पार्टीको तहबाट र सरकारको निकायको तर्फबाट पनि कारवाही हुनुपर्ने बताएका छन्।

तथ्य प्रमाणले निजले भ्रष्ट्राचार गरेको कुरा अगाडि आइसकेपछि त्यस सम्बन्धमा सम्बन्धित व्यक्तिले जिम्मेवारी लिनुपर्ने भन्दै रावलले यसका लागि सम्पूर्ण पार्टीलाई नै खराब हो भन्न नमिल्ने बताए। नेता रावलले भने,‘मैले संसदमा पनि भनिसकेको छु, कुनै पनि व्यक्तिले भ्रष्टाचार क्रियाकलाप गरेको छ, भने कसैले उन्मुक्ति पाउने, कसैलाई कारबाही नहुने भन्ने कुरा यो पार्टीगतरूपमा पनि र सरकारी दृष्टिकोणबाट पनि उचित हुँदैन।

जोसुकै व्यक्ति होस्,यदि निजले गल्ती गरेको छ, भ्रष्टचारजन्य क्रियाकलाप गरेको छ भने त्यो पार्टीको तहबाट र सरकारको निकायको तर्फबाट पनि कारवाही हुनुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्