मिडियाहरु स्रोतको सेवामा समर्पित भएः ईश्वर पोखरेल

Ishwor_Pokhrel
लोकपाटी न्यूज

काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न संञ्चारमाध्यमलाई आग्रह गरेका छन्। काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिवर्तित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न सञरमाध्यमको ध्यानाकर्षण गराए।

अदृश्य स्रोतबाट सञ्चालित मिडियाहरु जनता र मुलूकप्रति उत्तरदायी हुनु भन्दा स्रोतको सेवामा समर्पित हुने गरेको आरोप पनि उनले लगाए। उनले सार्वजनिक पद धारण गरेका व्यक्ति मात्रै नभई मिडियाको पनि पब्लिक अडिट हुनुपर्ने र त्यसमा उत्रन सक्नुपर्ने धारणा राखे।

उनले भने, ‘वान म्यान मिडिया सञ्चालन गर्‍यो, त्यसपछि जे मन लाग्यो त्यही लेख्यो। कहाँबाट स्रोतहरु प्राप्त हुन्छन्। त्यो स्रोतको सेवामा समर्पित भयो। यो विकृतिले पार्ने नोक्सानी। यसको बारेमा पनि जवाफदेही हुनुपर्छ। त्यसकारण हामी सबै पब्लिक अडिटमा उत्रनुपर्छ। अडिटिङ गर्दा बेरुजु ननिस्कियोस् भनेर सोच्नुपर्छ।’

मन्त्री पोखरेलले सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरे। विगतमा निरन्तरको राजनीतिक अस्थिरतामा चलखेल गर्नेहरुको विकृत मनोदशा देखिन थालेको र नेपथ्यका तीनै पात्रहरुको भूमिकाका कारण राजनीतिक तहमा बसेका मान्छेहरु पनि मनोरोगी भएर प्रकट हुने गरेको बताए। केही सञ्चारगृहले पनि राजनीतिक अस्थिरता चाहनेहरुको प्रतिनिधित्व गरे जसरी सरकारले दुई बर्ष पूरा गर्दे गर्दा ‘अब त अविश्वासको प्रस्ताव ल्याउन मिल्ने भयो’ भन्दै समाचार प्रकासन गरेको टिप्पणी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्