राष्ट्रिय सभामा नेकपाकाे उम्मेदवार वामदेव गौतम

nekapa_sachiwalaya
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनका लागि सरकारसमक्ष अनुरोध गर्ने भएको छ। आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनका लागि अनुरोध गर्ने निर्णय गरेको बताए।

‘मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य स्थानमा बामदेव गौतमजीलाई सिफारिस गरेको थियो, यो बैठकले मनोनित गर्न अनुरोध गर्ने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि भने।

सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलताको कामना पनि गरेको छ। आगमी बुधबार प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्दैछन्।