‘राति बत्ती बालेर सुत्दा क्यान्सर कोशिका सक्रिय हुन्छन्’

woman_sleeping
लोकपाटी न्यूज

काठमाडौं। मृत्युको कारण धेरै छन् त्यसमा पनि विभिन्न तथ्यहरू पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ।

विज्ञहरूका अनुसार प्रकाशले शरीरमा औषधिको रूपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भइराख्दा त्यसले निश्चित रूपमा शरीरमा नकारात्मक असर पार्छ। यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ। कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ।

शोधकर्ताहरूका अनुसार रातमा बत्ती बालेर सुत्नाले शरीरमा क्यान्सर कोशिकाहरू सक्रिय बन्दछन्। रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारोमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरूको निष्कर्ष छ।

विभिन्न कारण रातको समयमा प्राकृतिक रूपमा अँध्यारो नै होस् भन्ने शरीरले चाहन्छ। यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै शरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन्। यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरूमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ।

यस विषयसँग सम्बन्धित थप जानकारीः उत्तर फर्केर सुत्दा हृदयाघात हुने खतरा

स्वास्थ्यका लागि आराम र निद्रा हाम्रो जीवनमा निकै महत्त्वपूर्ण हुन्छ । आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने हुन्छ तर, सुत्दा लापरबाही गरेमा स्वास्थ्यलाई प्रतिकूल असर पर्छ । कुन दिशामा शिर अनि कुन दिशामा गोडा पारेर सुत्दा राम्रो हुन्छ भन्ने कुरामा विशेष ध्यान पुर्‍याउन आवश्यक छ ।

दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यसरी सुत्दा धेरै बिमारी भइँदैन । वातावरणमा चुम्बकीय शक्ति रहेको हुन्छ र यो शक्ति दक्षिणबाट उत्तरतिर गइरहेको हुन्छ।

हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ। यसरी ऊर्जाको यात्राको क्रममा भोजन पनि मजाले पच्छ । यसरी सुतेर बिहानीपख उठ्दा हाम्रो दिमाग शान्त हुन्छ र हामी ताजापन महसुस गर्छौँ।

यसको ठिक उल्टो दक्षिण दिशामा गोडा पारेर सुत्दा चुम्बकीय ऊर्जा गोडाबाट छिरेर शीरतिर पुग्छ। त्यो चुम्बकीय ऊर्जाले तपाईँको मस्तिष्कमा अनावश्यक दबाब दिन्छ किनकि शरीरका विभिन्न अंगलाई छुँदै छिरेको ऊर्जालाई मस्तिष्कले सोस्छ र भारी बढाउँछ।त्यो अवस्थामा तपाईँ ५ देखि ६ घण्टा रहनुभयो भने दिमागलाई लगातार दबाब परिरहन्छ र रोगहरू लाग्न थाल्छ।

दक्षिण दिशातर्फ शिर पारेर सुत्न सकिएन भने पूर्व दिशामा शिर अनि पश्चिम दिशामा गोडा पारेर सुत्नु राम्रो हुन्छ। सूर्य पूर्व दिशाबाट उदाउँछ र बिहान पूर्व दिशातर्फ शिर हुँदा सूर्यको पहिलो प्रकाश पर्छ। खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योग ध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ। दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका पनि चाहिन्छ।

यसमा आफ्नै किसिमको धार्मिक महत्त्व दर्साइएको छ । यद्यपि कतिपय धार्मिक मान्यतामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेको हुन्छ। जस्तो कि, सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुराको पनि वैज्ञानिक कारण छ । खास गरी पृथ्वीमा चुम्बकीय तत्त्व हुन्छ।

यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ। जब हामी दक्षिणतर्फ शिर अर्थात् टाउको राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छ। र खुट्टाबाट निस्किएर बाहिर जान्छ। यही कारण बिहान उठ्दा मान्छेले ताजकी महसुस गर्छन्।

तर, यदि उत्तरतर्फ टाउको फर्काएर सुत्छौ, तब ठिक विपरीत ढङ्गले हाम्रो शरीरमा चुम्बकीय तरंग प्रवाह हुन्छ। जस्तो कि खुट्टाबाट प्रवेश गरेर शीरबाट निस्कन्छ। यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ। अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ।

उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ। त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ।
सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकीय अवस्थितिलाई आधार मानेर तय गरिएको हो। कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ।

त्यसो त पूर्वी दिशामा पनि सिरानी बनाएर सुत्न सकिन्छ। यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने बताइन्छ। यद्यपि, सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु हुँदैन, अर्थात् पश्चिमतर्फ सिरानी राख्नु राम्रो होइन।

शरीर विज्ञानका अनुसार हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन चौथाइ माथिल्लो भागमा छ । किनभने मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हुने गर्छ, गुरुत्वाकर्षणको कारण ।

त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ । माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यन्तै सानो सिरामा हुन्छ, अर्थात् कपालको रौँ बराबर।

यदि त्यसमा अतिरिक्त रगतको बूँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ । धेरैजसो मान्छेको मस्तिकसमा रक्तश्राव हुन्छ। यसले खासै ठुलो हानी गरिरहेको हुँदैन। तर, सामान्य असर भने गरिरहेकै हुन्छ। ३५ वर्षपछि मान्छेको स्मरण शक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यस्तै कारण हुन्छ ।

जब हाम्रो शरीरमा रगतसँग जोडिएको कुनै समस्या हुन्छ, जस्तो कि एनीमिया वा रक्तअल्पता, तब चिकित्सकले आइरन अर्थात् फलाम सेवन गर्नुपर्ने सुझाव दिन्छन्। हामीले पृथ्वीको चुम्बकीय क्षेत्र अर्थात् म्याग्नेटिक फिल्डको बारेमा सुनेकै छौँ। पृथ्वीमा चुम्बकीय शक्ति शक्तिशाली हुन्छन्।

यदि हामी सुत्दा उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौ भने वा लगातार यस्तै अवस्थामा ६–७ घण्टा बितायौँ भने, चुम्बकीय आकर्षणको दबाब हाम्रो दिमागमा पर्छ। यसले टाउकोको रक्त प्रवाहमा पनि पुरै प्रभाव पार्छ। चुम्बकीय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण तपाई उत्तेजित भएर उठ्नुहुनेछ, अर्थात् तपाईँको निद्रा बीचमै टुट्नेछ।

अहिलेका मानिसहरू धेरै अनिद्राको समस्या झेलिरहेका छन्। धेरैको निद्रा खलबलिएको छ। यसो हुनुमा हाम्रो खराब जीवनशैली, दिनचर्या, खानपान, चिन्तन मूल कारण हो। यदि हामीले हाम्रा पिता पुर्खाले अभ्यास गर्दै आएका तौर तरिकालाई पालना गरेको भए यस्तो समस्या हुँदैनथ्यो।

हामीले परम्पराभित्र विज्ञान छ भन्ने बुझ्न सकेको भए अनिद्राको समस्या टर्दथ्यो । जब तपाईँ उठ्नुहुन्छ, दायाँतर्फ घुम्नुहोस् र बिछ्यौनाबाट बाहिर आउनुहोस्। किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम धीमा हुन्छ।

यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाब पर्छ। उठ्नसाथ हात दुवै हात रगड्नुहोस्। यसले गर्दा तपाईँको सबै नाडी सक्रिय हुन्छ। उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौँ। किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो।

सुत्ने ओछ्यान सही दिशामा, सही ढङ्गले राखेको हुनुपर्छ। सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ। नियमित तालिका अनुसार सुत्नुपर्छ। खाना खाए लगत्तै सुत्नु हुँदैन। सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरू मनमा खेलाउनु हुँदैन। राति चाडै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्नुपर्छ। कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ।

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुुस्। यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ। मनमा डर, अहम्, खराब सपना समेत आउँदैन। सपनाविहीन सुताइले शरीर पुर्नजाग्रीत हुन्छ।

सुत्ने बेला सिरानीमुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ। यसले तपाईँको नजिक नकारात्मक ऊर्जा आउनबाट रोक्छ। बालबालिका सुत्ने बेला सानो कैँची वा चक्कु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो।

सुत्ने समयमा सिरानीमुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुन्छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र बिहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ। पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्