कोरोना संक्रमणबाट एक सांसदको निधन

Korona_Virus
लोकपाटी न्यूज

काठमाडौं। कोराना भाइरसको संक्रमणबाट इरानका एक सांसदको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘इन्डिपेन्डेन्ट’ले जनाएको छ।

इरानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै सांसद् मोहम्मद अली रमाजानी दस्तकको निधन भएको पुष्टि गरिएको हो। केही दिनअघि मात्रै उनलाई कोरानाको संक्रमण भएको पुष्टि भएको थियो।

शनिवार बिहान उनको निधन भएको बताइएको छ। इरानामा कोरोना संक्रमण भएको पुष्टि गरिएका ५९३ मध्ये ४३ जनाको निधन भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्