बेलायती प्रधानमन्त्रीले कसे लगनगाँठो

लोकपाटी न्यूज

लण्डन। बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमोन्डसले आफूहरु लगनगाँठो कसेको र छिट्टै बच्चा जन्माउन चाहेको घोषणा गरेका छन्।

शनिबार उनीहरुले ‘इङ्गेजमेन्ट’ गरेको र बच्चा जन्माउने कुरा घोषणा गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिए। आगामी समरको सुरुमै बच्चा जन्माउने उनीहरुले खुलाएको जोन्सनका प्रवक्ताले बेलायती मिडियालाई जानकारी दिएका हुन्।

सिमोन्ड्सले पनि जोन्सन र आफ्नो अनौपचारिक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएकी थिइन्। बेलायती प्रधानमन्त्री ५५ वर्षीय बोरिस जोन्सनले यसअघि २०१८ मा २६ वर्षे वैवाहिक सम्बन्ध टुटाएपछि ३१ वर्षीया सिमोन्ड्ससँग डेटिङ सुरु गरेका थिए। २०१९ को सुरुतिरबाटै उनीहरु नजिकिएका थिए।

सिमोन्ड्स आम नागरिक झैँ सामान्य जीवनशैली भएकी युवती हुन्। जसले समुद्र संरक्षणका लागि ‘च्यारिटी’ पनि गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्