कोरोना संक्रमणको आशंकामा २ जना टेकु अस्पतालमा भर्ना

teku hospital
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन। दुई जना नेपाली कोरोना भाइरसको संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन्। चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका हुन्।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए।

प्रवक्ता बास्तोलाका अनुसार दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस रहेको छ। प्रवक्ता बास्तोलाका अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन्।

उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन। उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए। उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।’ दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्