आक्रमणकारी विप्लवका कार्यकर्ता हुन् (विज्ञप्तिसहित)

ratan-tiruwa
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रमणको प्रयास गर्ने युवा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको खुलेको छ। जुम्लाका २२ वर्षीय रतन तिरुवा सुर्खेतमा अमिन पढेका तिरुवा हाल लोक सेवा आयोग तयारीका लागि ललितपुरको डल्लुमा बस्दै आएको बताइएको छ।

उनका बुवा मोहन तिरुवाको जनयुद्धमा २०५६/५७ मा राज्यपक्षबाट मृत्यु भएको हो। पहिले तत्कालीन माओवादी समर्थक रहेका यनी हाल (विप्लव) कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ।

आइतबार राष्ट्रियसभा गृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा सम्बोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनले प्रचण्डमाथि आक्रमणको प्रयास गरेका थिए।

महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएका तिरुवातको पृष्ठभूमिबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले बताए।

bigapti