चीनका लागि नेपाली राजदूतमा पाण्डे सिफारिस

Mahendra-Bahadur-Pandey
लाेकपाटी न्यूज

काठमाडौं, १८ फागुन । सरकारद्वारा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएको छ।मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौडेललाई फिर्ता बोलाएको निर्णय गरेको हो।

पौडेललाई बेइजिङबाट फिर्ता बोलाउने निर्णय भएको एक मन्त्रीले बताए। पूर्वमुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।

यसैबिच, नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ। आइतबारकै बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थिए। तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी-कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्