औद्योगिक व्यापार मेलाको समिक्षा कार्यक्रम सम्पन्न

samikshya prog
लाेकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी, १९ फागुन। पश्चिम नवलपरासीको सुनवलमा सञ्चालित औद्योगिक व्यापार मेला २०७६ को समिक्षा कार्यक्रम सम्पन्न भएको छ। ‘कृषि पर्यटन उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघ सुनवलको अयोजनामा गत मंसिर ५ देखि १५ गते सम्म सञ्चालित प्रादेशिक औधोगिक व्यापार मेला सफल रुपमा सम्पन्न भएको समिक्षा कार्यक्रमसमा सहभागिहरुले प्रतिक्रिया दिएका छन्।

कार्यक्रमका प्रमूख अतिथि सुनवल नगरपालिकाका नगर प्रमूख भिम वहादुर थापाले व्यापार मेला व्यापारसँगै वस्तुको प्रर्वद्धन गर्ने पिलेटर्फमका रुपमा रहेको भन्दै आगामि दिनमा पनि स्थानीय उत्पादनलाई विशेष जोड दिनु पर्ने बताए। संघ तथा समिक्षा कार्यक्रमका अध्यक्ष रमेश कमचार्यले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले मेलामा रु ७१ लख २४ हजार बराबरको कारोबार भएको र मेला सञ्चालन खर्च घटाएर जम्मा रु २६ हजार ९७ बचत गर्न सफल भएको जानकारी दिए।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वसर तिवारी, खानेपानी महासंघका केन्द्रीय सदस्य थान प्रसाद गैरे, मेला मूल्यांकन समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष कर्ण बहादुर शेन, नेपाली कांगे्रस सुनवल नगर सचिव जयराम बस्याल, प्याप्सन सुनवल नगर अध्यक्ष शंकर गौतम, सशक्ति आमा समूहका अध्यक्ष जुठिमाया पुन, संघका महासचिव तेजप्रसाद भण्डारी, सदस्य यज्ञ प्रसाद पौडेललगायतले मेला सफल भएको भन्दै स्थानीय उत्पादनको व्यापार र प्रर्वद्धनमा टेवा पुगेकोले आगामी दिनमा पनि घरेलु, कृषि, लघु उद्यमीलाई प्रोत्साहन हुने गरि मेला आयोजना गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्