भारतीय प्रधानमन्त्री मोदीको ‘नागरिकता’ छैन !

modi2
लोकपाटी न्यूज

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नागरिकता’ प्रमाणपत्र नभएको खुलेको छ। प्रधानमन्त्री मोदीको सचिवालयले यही ढाँचाको जवाफ दिएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

सन् २०२० जनवरी १७ मा नयाँ दिल्लीका शुभशङ्कर सरकारले सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गर्दै प्रधानमन्त्री मोदीको जन्ममिति उपलब्ध गराइपाऊँ भनी आवेदन दिएका थिए। तर, उनको सचिवालयले तुरुन्त जन्ममिति उपलब्ध गराएन।

भर्खरै प्रधानमन्त्री कार्यालय (पिएमओ) का सचिव प्रवीणकुमारले प्रधानमन्त्री मोदीको जन्ममितिसम्बन्धी कुनै प्रमाणपत्र नभए पनि उनले जन्मले भारतीय नागरिक भएको स्पष्ट पारेका थिए।

‘१९५५ को नागरिकता ऐनको धारा ३ अनुसार उनी भारतीय नागरिक हुन्, तर उनको नागरिकता प्रमाणपत्र चाहिँ छैन,’ प्रवीणकुमारले नयाँदिल्लीका शुभशंकर सरकारलाई उपलब्ध गराएको जानकारी उल्लेख भएको दार्जिलिङबाट प्रकाशित हिमालय दर्पणले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्