प्रधानमन्त्री ओलीलाई सफल शल्यक्रियाका लागि मोदीले दिए शुभकामना

oli_modi
लाेकपाटी न्यूज

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन्। मोदीले सोमबार एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

मोदीले ट्विटरमा लेखेका छन्,‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’ मोदीले भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुसी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना गरेका छन्।

नेपाल-भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतिक्षामा आफू रहेको पनि ट्विटरमा मोदीले लेखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ। त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुँदैछन्।

tweet

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्