लागू औषध र ठगीमा संलग्न दुई पक्राउ

timilsina
लोकपाटी न्यूज

काठमाडौं। काभ्रेको पनौतीबाट लागू औषधसहित एक महिला पक्राउ परेकी छन्। पनौती नगरपालिका ६ मा बस्दै आएकी सुभद्रा तिमिल्सिनालाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो।

लागू औषध लुकाई छिपाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। विशेष सुराकीको आधारमा प्रहरीले उनको कोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा सुभद्राले लागू औषध दराजमा लुकाई छिपाइ राखेको भेटिएको थियो।

३० ट्याब्लेट भएको, ९ पत्ता प्रतित्तामा, ३० ट्याब्लेटका दरले जम्मा २०७० ट्याब्लेट हुहुपर्नेमा, १ पत्ताबाट ६ ट्याब्लेट निकालिएको अवस्थामा, २६४ ट्याब्लेट र १५ ट्याब्लेट भएको एक पत्तामा १५ ट्याब्लेट गरी जम्मा २७९ ट्याब्लेट उनले कोठामा लुकाई छिपाई भेटिएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

ठगी गर्ने एक पक्राउ

इलाका प्रहरी कार्यालय बनेपाले अमेरिकी डलर सटही गर्ने वहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।

सिन्धुपाल्चोक बाह्रविसे ३ का रामबहादुर तामाङ्गलाई पक्राउ गरिएको प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। गत कात्तिक २७ गते तामाङ्गले बनेपाकी विमला गुरुङ्गलाई डलर साट्ने बहानामा २ लाख ५० हजार ठगी गरेका थिए। आफूसँग ५ हजार ५ सय डलर छ भन्दै उनले गुरुङ्गसँग ५ लाख मागेका थिए।

तर गुरुङ्गले आफूसँग २ लाख ५० हजार छ भनेपछि तामाङ्गले त्यत्ति नै पैसा लगेका थिए। गुरुङ्गले डलर हेर्दा पछि १ र २० को मात्र कही डलर भएको र बिच्चमा डलर साइजको कागज फेला पारेकी थिइन।

गुरुङ्गको जाहेरीमा उनलाई बनेपा तीनदोबाटोबाट पक्राउ गरिएको हो। साथै तामाले तिलकबहादुर तामाङ्ग र शर्मिला दमाइको मिलेमतोमा गोदावरीका नवराज नगरकोटीसँग पनि ५ लाख ठगी गरेको खुल्न आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्