लाजिम्पाटमा ९८ तोला सुन र ४३४ तोला चाँदी चोरी

लाेकपाटी न्यूज

काठमाडौं, १९ फागुन। काठमाडौंको लाजिम्पाटमा रहेको पबी ज्वलेर्सबाट सुन र चाँदीका ८५ लाख ७३ हजार बराबरको गहना चोरी भएको छ। काठमाडौं महानगरपालिका ५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको पबी ज्वलेर्सबाट गए राति गहना चोरी भएको हो।

प्रहरीका अनुसार श्रेष्ठको ज्वेलर्सबाट सुनका विभिन्न गहना ९८.६८१ तोला र चाँदीका विभिन्न गहना ४ सय ३४.२६२ तोला र नगद २ लाख ४५ हजार रुपैयाँ चोरी भएको हो।

चोरी गरिएको गहनाको मूल्य ८५ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्