मूख्यमन्त्री पोखरेलद्वारा प्रधानमन्त्री ओलीको सफल सल्यक्रियाको कामना

Shanakar_Pokharel
लाेकपाटी न्यूज

काठमाडौं, १९ फागुन। प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंखर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल सल्यक्रियाको कामना गरेका छन्। मूख्यमन्त्री पोखरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै उनले जनतामा निरासा पैदा गरी अस्थिरता ल्याउन खोज्नेहरु पुनः सल्वलाएका बेला प्रधानमन्त्रीको खाँचो रहेको समेत बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ६ दसकसम्म क्रान्ति र प्रतिक्रान्तिको दुश्चक्रममा फसेको मुलुकलाई संविधानसभाबाट संविधान जारी गरेर मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराउन तपाईले खेलेको भूमिका महत्वपूर्ण छ। जनतामा निरासा पैदागरी अस्थिरतामा लैजानखोज्नुहरु पुनः सल्वलाएका वेला तपाईको खाँचो अझै छ। सफल ल्यक्रियाको शुभकामना प्रीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यू।’

प्रधानमन्त्री केपी शर्मा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि बुधबार पुनःअर्को प्रत्यारोपण गरिँदैछ। त्यसका लागि ओली सोमबार अस्पताल भर्ना हुँदैछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्