कोरोनाको सन्त्रास: होली नखेलौं, पानीमा नभिजौं

corona
लोकपाटी न्यूज

काठमाडौं। कोरोना भाइरसको जोखिम जोखिम बढेकाले ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह सरकारले आग्रह गरेको छ। कोरोनाको संक्रमण जोखिम बडेकाले सचेत हुन सरकाले आग्रह गरेको छ।

कोरोनाको संक्रमणको सन्त्रासले नजिकिँदै गरेको नेपालीहरुको पर्व होली पनि प्रभावित हुने भएको छ। कोरोना भाइरसको जोखिम बढेकाले होलीमा तर्कता अपनाउने डाक्टरले सुझाव दिएका छन्। पानीमा भिज्दा तथा भिडभाडमा रंग दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उनको भनाइ छ। होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दुरी नजिक हुने हुँदा रुघाखोकी सर्ने सम्भावना धेरै हुन्छ। यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरू व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टर बाँस्तोलाले बताए।

भिडभाड, मानिसको बाक्लो उपस्थिति भएका ठाउँमा नजान पनि डाक्टरको सुझाव छ। यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ।

सङ्क्रमण फैलिनुअलावै सतर्कता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सकिने भएकोले होलीमा सतर्कता अपनाउन डाक्टरहरुले सुझाव दिएका हुन्। कोरोनाको भाइरस चिसोमा बढी सक्रिय हुने हुँदा शरीर भिज्ने गरी होली नखेल्न डाक्टरको सुझाव छ। यस वर्षको होली आउँदो हप्ता मनाइँदै छ।

रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरूलाई कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन्छ। यस्तै डाक्टरले रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या देखिए तुरुन्त डाक्टरको निगरानीमा जान पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्