मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सिंह

लोकपाटी न्यूज

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा नन्दबहादुर सिंह नियुक्त भएका छन्।

तत्कालिन उपकुलपति उपेन्द्रकुमार कोइरालाको पदावधि सकिएपछि विगत चार महिनादेखि उपकुलपति विहिन रहेको विश्वविद्यालयमा प्राडा सिंहलाई नियुक्त गर्ने निर्णय भएको हो।

मन्त्रिपरिषद्को बैठकले सिंहलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको बारे मौखिक जानकारी आएको विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्