सुखानी सभालाई प्रचण्डले सम्बोधन गर्ने

Prachanda
लोकपाटी न्यूज

झापा। सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

फागनु २१ गते सहिदहरूले सहादत प्राप्त गरेकोस्थल सुखानीमा आयोजना हुने कार्यक्रमलाई पार्टी अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा झापा अध्यक्ष चिन्तन पाठकले बताए। फागुन २१ गते सुखानीमै स्मृतिसभा तथा श्रद्धाञ्जली कार्यक्रम तय गरिएको छ। अध्यक्ष पाठकका अनुसार पार्टी अध्यक्ष प्रचण्डसहित सो कार्यक्रमलाई पार्टीका महासचिव विष्णु पौडेल लगायतले सम्बोधन गर्नेछन्।

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सुखानी सहिद स्मृति सभालाई सम्बोधन गर्न झापा आउने कार्यक्रम तय भएको थियो। मृगौला प्रत्यारोपण गर्न उपचार प्रक्रिया सुरु भएकाले प्रधानमन्त्री ओली झापा आउन नसक्ने भएपछि विर्तामोडमा हुने भनिएको आमसभालाई सुखानी केन्द्रित गरिएको र सो कार्यक्रमलाई पार्टीका अर्का अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने गरी तयारी भएको नेकपा प्रचार विभाग झापाका उपप्रमूख सन्तोष आचार्यले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्