ताराखोलामा सहिद परिवारलाई अभिनन्दन

tara khola pic
लाेकपाटी न्यूज

थम्मन थापा/ १९ फागुन, बागलुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँपालिकाले शहिद परिवारलाई अभिनन्दन गरेको छ। सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरेको हो।

तत्कालिन जनयुद्धको समयमा ताराखोलामा जिल्लामा सबै भन्दा बढि १२ जना सहिद भएका थिए भनें २ जना बेपत्ता भएका छन्। धेरै सहिद बनेको ठाउँको रुपमा परिचित ताराखोलामा सहिदहरुको सम्झनामा उनीहरुको परिवारलाई सम्मान पत्रसहित दोसल्ला ओडाएर अभिनन्दन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँपालिका अध्यक्ष पदम खत्री दिवसले जानकारी दिए।

वडा नम्बर ४ को कार्यालय तारा गाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिव ज्ञामनाथ गैरेले शहिदको योगदानका कारण संघियता, गणतन्त्र र धर्मनिरपेक्षता सम्भव भएको बताए। ति उपलब्धी र प्राप्तिलाई संस्थागत गर्न सबै कम्युनिष्टहरू एक ठाउँमा उभिएर बाँकी रहेका कार्यदिशा पूरा गर्नुपर्ने उल्लेख गरे।

वर्तमान सरकारले देशमा स्थायित्व र समृद्धिको ढोका खोल्न लागि परेको समेत विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्ने वक्ताहरुले सहिद परिवारलाई पार्टीको माया भएको तर जनप्रतिनिधि र नेतालाई पार्टीको माया नभएको भन्दै सहिद परिवारले निरन्तर खबरदारी गर्नुपर्ने बताए।

अगामी दिनमा सहिद परिवारलाई आय-आर्जन र उत्पादनसँग जोडनु पर्ने बताए। सो अवसरमा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी रोका पुन, नेकपा जिल्ला सदस्य नरेश केसी, सहिद परिवारको तर्फबाट सूर्य बहादुर घर्ती र भद्र बहादुर धर्ती सोनामले मन्तव्य राखेका थिए। कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताराखोला गाउँ कमिटी अध्यक्ष पदम खत्री दिवसको अध्यक्षता, जिल्ला सदस्य धन बहादुर खत्रीको स्वागत र सचिव धन बहादुर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्