कोरोनाका कारण करिश्माद्वारा होली कार्यक्रम स्थगित

karishma-11
लाेकपाटी न्यूज

काठमाडौं, १९ फगुन। नायिका करिश्मा मानन्धरले यस वर्षको फागु पूर्णिमा अर्थात होली नमनाउने भएकी छिन्। हरेक वर्ष होलीमा घरमा विशेष कार्यक्रम गर्दै आएकी करिश्माले यस वर्ष कोरोनाका कारण होलीको कार्यक्रम स्थगित गरेको बताइन्।

गत वर्ष एइईका कारण होलीको कार्यक्रम स्थगित गरेको उनले यो वर्ष कोरोना भाइरसका कारण स्थगित गरेको बताइन्। उनले होलीका लागि छुट्याएको रकम वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष स्व.केशव भट्टराईको परिवारलाई सहयोग गर्ने समेत बताएकी छिन्।

उनले विगतका वर्षहरुमा कलाकारलाई विशेष निम्तो नै दिएर रंगहरुको पर्व होली घरमै धुमधामका साथ मनाउने गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्