भारतमा थप दुईमा कोरोना संक्रमण भएको पुष्टि

corona
लाेकपाटी न्यूज

दिल्ली, १९ फागुन। थप दुई जनामा भारतमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ। भारतको राजधानी दिल्लीमा एक जना र दक्षिणी राज्य तेलंगानामा अर्का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

नयाँ दुई जनामा कोरोना संक्रमणको पुष्टिसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या पाँच पुगेको छ। भारतीय सञ्चारमाध्यमले दुबैमा कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको जनाएका हुन्।

उनीहरु दुबै विदेशबाट फर्किएका जनाइएको छ। दिल्लीमा कोरोनाको पोजेटिभ देखिएका व्यक्ति इटालीको भ्रमणबाट फर्केको र तेलंगानामा पोजेटिभ देखिएका व्यक्ति दुबई भ्रमणबाट फर्केका थिए।

काेराेना भाइरसबाट बच्ने १३ उपाय

कोरोना भाइरस (COVID19) को संक्रमणबाट बच्न निम्न सामान्य सावधानी अपनाऔं।

१. घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा (Glove) तथा फेस मास्क (Face mask) अनिवार्य लगाऔ ।

२. एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुन: दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा/परिवर्तन गरौ ।

३. घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिक रुपमा सफा राखौं ।

४. घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि/बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।

५. ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा Hand Sanitizer को प्रयोग गरौ ।

६. घरका सबै सदस्यले आ-आफ्नै टुथब्रस, थाली/प्लेट, चम्चा प्रयोग गरौ । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ।

७. सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौ । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौ । ८.

रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।

९. घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौ ।

१०. एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुन: प्रयोग गरौ ।

११. खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔ ।

१२. यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ । घरमा छुट्टै Isolation Room मा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।

१३. दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं। सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौ र सफा कपडा मात्र प्रयोग गरौं। यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्