कोरोनाबाट इरानका सर्वोच्च नेता खामेनीका सल्लाहकारको मृत्यु

corona
लाेकपाटी न्यूज

एजेन्सी। इरानका सर्वोच्च नेता खामेनीका एक सल्लाहकारको कोभिड-१९ बाट मृत्यु भएको छ। इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीलाई सल्लाह दिने एक समितिका सदस्यको कोभिड-१९ भाइरसको संक्रमणबाट मृत्यु भएको हो।

इरानी सरकारी रेडियोका अनुसार ७१ वर्षीय मोहम्मद मिर्मोहाम्मादीको सोमबार तेहरानको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी खामेनीलाई विभिन्न विषयमा सल्लाह दिने र धर्मगुरू र संसदबीच देखिएका विवाद सुल्झाउन एक्पिडियन्सी काउन्सिलका सदस्य थिए।

इरानमा सोमबारसम्म कोरोनाभाइरसका कारण ६६ जनाको मृत्यु भइसकेको छ भने १५ सय १ जना संक्रमित भएका छन्। इरानकी उपराष्ट्रपति, उपस्वास्थ्य मन्त्रीलाई कोभिड-१९ देखिएको थियो। बन्द समाज र कमजोर स्वास्थ्य प्रणाली भएकाले संक्रमितको संख्या योभन्दा धेरै हुने अनुमान गरिएको छ।

इरानमा सबैभन्दा बढी कोम सहरमा कोभिड-१९ को संक्रमण देखिएको छ। संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि शुक्रबारको प्रार्थनाहरू रद्ध गरिएको छ। स्कूल र विश्वविद्यालय मार्च २१ सम्मका लागि बन्द गरिएको छ। साथै सबै प्रकारका सांस्कृतिक र खेलकुद कार्यक्रम पनि रोकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्