मतदाता नामावली अद्यावधिक हुँदै

nirbachan-aayog
लोकपाटी न्यूज

काठमाडौं। मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमूख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ।

मतदाता नामावली संकलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासनकार्यालयबाट निरन्तर भइरहे पनि अद्यावधिक गर्ने कार्य प्रभावकारी हुन नसकेपछि आयोगले सोमबार दलहरूसँग छलफल गरेको हो। आयोगले यही फागुन ७ गतेदेखि असार मसान्तसम्ममतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन सुरु गरेको छ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्रुटिरहित मतदाता नामावली संकलनतथा अद्यावधिक गर्ने कार्य चुस्त-दुरुस्तरूपमा सम्पन्न गर्न/गराउन राजनीतिक दलहरुका तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाहको अपेक्षा रहेको बताए। आ-आफ्नो मातहतका जिल्लास्तर, स्थानीयतह, वडास्तरीय समिति तथा भ्रातृसंघसंगठनलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वयर सहयोगका आग्रह गर्दै उनले भने, ‘निर्वाचन कार्यक्रमकोप्रारम्भ मतदाता नामावली संकलनबाट हुन्छ भने केन्द्रविन्दु राजनीतिक दल रहन्छन्।’

सो अवसरमा राजनीतिक दलका प्रतिनिधिले विशेष कार्यक्रमसञ्चालन गरेकामा आयोगलाई धन्यवाद व्यक्त गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष निर्वाचनकालागि मतदाता नामावली अभिलेख अद्यावधिक गर्ने कार्यमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्