पूर्वराष्ट्रपति जर्ज एच बुशको निधन

George H.W.
लाेकपाटी न्यूज

काठमाडौं। अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच बुशको ९४ बर्षको उमेरमा निधन भएको छ। खाडी युद्धका शुरुवातकर्ता मानिने बुशका पुत्र पनि अमेरिकाका राष्ट्रपति भएका थिए।

उनका पुत्र एवं अमेरिकाका ४३ औं राष्ट्रपति जर्ज डब्लु बुशले निकालेको बिज्ञप्तिमा आफ्ना पिताको मृत्यु भएको बताएका छन्। स्वर्गीय बुशले दोस्रो बिश्वयुद्धमा फाईटर प्लेन चालक भएर युद्ध लडेका थिए। उनको हवाईजहाजलाई गोली हानेर खसालिए पनि उनी बाँचेका थिए।

उनकी पत्नि बारबरा बुशको गत बैशाखमा निधन भएको थियो।