युवा संघका कार्यक्रम स्थगित

Ramprasad Sapkota Deepshikha
लाेकपाटी न्यूज

काठमाडौं, २० फागुन । राष्ट्रिय युवा संघ नेपालले सबैस्तरका जमघट हुने कार्यक्रमहरू स्थगित गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबैस्तरका जमघट हुने कार्यक्रमहरू स्थगित गरेको हो।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भीडभाड हुने कार्यक्रम नगर्न सरकारले आग्रह गरेललगत्तै युवा संघले आफ्ना सबै कार्यक्रमहरू स्थगित गरेको हो।

मातहतका सबै कमिटीहरूलाई जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएको राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले बताए। संघले कोरोना भाइरसबारे जनचेतनामूलक काममा परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन पनि दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्