उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपण

misayel pic
लाेकपाटी न्यूज

एजेन्सी। सोमबार उत्तर कोरियाले पूर्वी सागरमा छोटो दुरीको अज्ञात मिसाईल (प्रोजेक्टाइल) प्रहार गरेको छ। दक्षिण कोरियाको ज्वाइन्ट चीफ स्टाफ (जेसीएस) ले उत्तर कोरियाकोतर्फबाट यो वर्षको सुरुमा नयाँ रणनीतिक हतियारको चेतावनी दिएपछि यो पहिलो प्रक्षेपण रहेको बताएको छ।

समाचार एजेन्सी योनहापले ज्वाइन्ट चीफ अफ स्टाफलाई उद्र्धृत गर्दै मिसाइललाई यसको पूर्वी तटको सहर वानसनमा रहेको क्षेत्रमा दिउँसो १२.३७ मा (स्थानीय समय अनुसार) प्रक्षेपण गरिएको जनाएको छ।  उनका अनुसार दुई प्रोजेक्टाइलले लगभग २४० किलोमीटरको उडान भरेको थियो। जुन लगभग ३५ किलोमीटरको अधिकतम उचाइसम्म पुगेको थियो। उत्तर कोरियाले २८ फेब्रुअरीमा आफ्ना नेता किम जोङ उनको अवलोकनमा सैन्य अभ्यासको मंचन गरेको थियो। यसैलाई उद्र्धृत गर्दै जेसीएसले भनेको छ, ‘उत्तर कोरियाले आफ्नो संयुक्त स्ट्राइक ड्रिललाई जारी राखेको छ।’

किम जोङ उनले यो लञ्चको निरिक्षण गरे वा नगरेको तत्काल केही जानकारी दिइएको छैन। सन् २०१९ को २८ नोभेम्बरपछि कम्युनिष्ट देसद्वारा गरेको यो पहिलो लञ्च भएको समाचार एजेन्सी योनहापले जनाएको छ। गत वर्ष अमेरिकासँग रोकिएको वार्तापछि उत्तर कोरियाले १३ पटक मिसाइलको परिक्षण गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्