सिद्धबाबाले गरे अदालतसमक्ष आत्मसमर्पण

sidhababa
लोकपाटी न्यूज

विराटनगर। अनुयायीलाई करणी आरोपमा मुद्दा लागेका कृष्णदास गिरी सिद्धबाबालाई पुर्पक्षका लागि सुनसरी कारागार चलान गरिएको छ। उनले आज १२ बजे सुनसरी जिल्ला अदालत इनरुवा समक्ष आत्मसमर्पण गरेका थिए।

आत्मसमर्पण गर्न उनी केही अनुयायीसँगै अदालत पुगेका थिए। उच्च अदालत विराटनगरले सिद्धबाबालाई पुर्पक्षमा राख्न फगुन ९ गते आदेश दिएको थियो। पन्ध्र दिनको म्याद नगुज्रँदै सिद्धबाबा अदालत पुगेका हुन्। उनलाई पुर्पक्षका लागि सुनसरीको झुम्का कारागार पठाइएको जिल्ला अदालत सुनसरीले जनाएको छ।

उच्च अदालतले फैसला नसुनाई सिद्धबाबा भारततर्फ फरार भएका थिए। जिल्ला अदालत, सुनसरीले सिद्धबाबालाई उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न मंसिर १६ गते आदेश दिएको थियो। त्यसको विरुद्धमा सरकारी वकिल कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा कैफियत निवेदन दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्