प्रधानमन्त्री ओलीलाई यसरी पठाउनुहोस् स्वास्थ्यलाभको शुभकामना

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिन उनको वेबसाईट व्यवस्था गरिएको छ। दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिन चाहनेहरुको लागि उनको सचिवालयले यस्तो व्यवस्था गरेको हो।

प्रधानमन्त्रीको निजी वेबसाईटमार्फत (www.kpsharmaoli.com.np) उनलाई देश तथा विदेशमा रहेकाहरूले स्वास्थ्यलाभको कामना गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

यसअघि एपेण्डिसाइटिसको शल्यक्रियाको क्रममा अस्पतालमा भर्ना हुँदा प्रधानमन्त्रीको स्वास्थ्यलाभ गर्न यसैगरी व्यवस्था मिलाइएको थियो। फागुन २१ मा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओली फागुन १९ मा महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्