धनकुटामा एक हप्ता विद्यालय बन्द

school
लाेकपाटी न्यूज

धनकुटा, २० फागुन। धनकुटाको बालकल्याण आधारभूत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ। मंगलबारदेखि विद्यालय बन्द गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले बताए।

चौविसे गाउँपालिका २ केराबारीमा बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गरिएको हो। विद्यालय व्यवस्थापन समितिको आकस्मिक बैठक बसी विद्यालय एक हप्ताका लागि बन्द गरिएको हो।

बिरामीहरू पूर्ण रूपमा निको नभएसम्मका लागि विद्यालय बन्द गरिएको छ। विद्यार्थीहरूमा झोक्रने, खोकी लाग्ने, हिड्न नसक्ने, नबोल्ने खालको लक्षण देखिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाप्रसाद खतिवडाले जानकारी दिए।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको सहमतिमा विद्यालय बन्द गरिएको प्रधानाध्यापकले बताए। कक्षा १ देखि ३ सम्म सञ्चालन भएको विद्यालयमा यसरी बिरामी हुनेमा सबै कक्षाका विद्यार्थी रहेका छन्। विद्यालयमा गएर विद्यार्थीको जाँच गर्दा मौसमी रुघाखोकीको समस्या देखिएको मुढेबास स्वास्थ्य चौकीका इञ्चार्ज योगराज लिम्बूले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्