मार्क्सवादी स्कूल : के हो वैज्ञानिक साम्यवाद ?

Communist leaders
  • 9
    Shares
लाेकपाटी न्यूज

वैज्ञानिक साम्यवाद एक एउटा यस्तो सामाजिक व्यवस्था हो, जसले मार्क्सवाद–लेनिनवादका तीन संघटक भागहरुमध्ये एक महत्वपूर्ण संगठक अंग हो, जसले पूँजीवादी उन्मूलन गर्न र पहिले समाजवादको तथा त्यसपछि साम्यवादको निर्माण गर्नतिर लक्षित सामाजिक आन्दोलनहरुको अध्ययन गर्दछ। यो आन्दोलनको मुख्य प्रेरक शक्ति तथा नेता मजदूर वर्ग हो, जसले सम्पूर्ण उत्पीडित र शोषितहरुलाई आफ्नो वरिपरि एकताबद्ध गर्दछ र जसलाई सम्पूर्ण प्रगतिशील मानवजातिको सहानुभूति प्राप्त हुन्छ, त्यसकारण वैज्ञानिक साम्यवादको मुख्य प्रश्न सर्वहारा वर्गको विश्व–ऐतिहासिक कार्यभारको प्रश्न हो।

यो प्रस्थापनाको ठोस व्याख्या सर्वहारा समाजवादी क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्तमा गरियो, जुन समाजवादी समाजको निर्माणका साधन हुन्। त्यसकारण वैज्ञानिक साम्यवादले मानिसद्वारा मानिसको शोषणको उन्मूलन गर्ने तथा समाजको संगठनको एउटा यस्तो नयाँ रुपको निर्माण गर्ने कार्यको वास्तविक, विज्ञानमा आधारित मार्ग दर्शाउँछ, जुन पूँजीवादका अन्तर्विरोधहरुबाट मुक्त हुनेछ तथा जसको सपना काल्पनिक समाजवादका प्रतिपादकहरुले देख्दथे।

मार्क्सवादी–लेनिनवादी विज्ञानको एउटा संघटक भागको रुपमा वैज्ञानिक साम्यवादले अन्य दुई संघटक भागहरुलाई – द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको दर्शन र राजनीतिक अर्थशास्त्रलाई – आफ्नो आधार बनाउँछ। वर्गसंघर्षको सिद्धान्त तथा अतिरिक्त मूल्यको सिद्धान्तको वैज्ञानिक साम्यवादको लागि विशेष महत्व छ। उता समाजको पुनर्गठनका व्यावहाकि समस्याहरुलाई सैद्धान्तिक चिन्तनको सामु प्रस्तुत गरेर वैज्ञानिक साम्यवादले चिन्तनको द्वन्द्वात्मक विधिको विकास, ऐतिहासिक र सामाजिक नियमहरुको खोज, समाजवादको राजनीतिक अर्थशास्त्रसहित अर्थशास्त्रको थप विकासलाई उत्प्रेरित गर्दछ।

विश्व दृष्टिकोण तथा राजनीतिक विचारधाराको रुपमा वैज्ञानिक साम्यवादले सर्वहारा वर्ग, अर्थात् त्यो वर्गका हितहरुलाई व्यक्त गर्दछ, जसमाथि समाजको क्रान्तिकारी पुनर्गठनको दायित्व हुन्छ। वैज्ञानिक साम्यवाद मुक्ति आन्दोलनसँग घनिष्ठ रुपले जोडिएको हुन्छ। यो केवल सर्वहाराको वर्गसंघर्ष, समाजवादी क्रान्ति तथा सर्वहारा अधिनायकत्वको अनुभवको मात्र होइन। बरु, व्यापक जनवादी आन्दोलनहरु, बुर्जुवा जनवादी तथा राष्ट्रिय मुक्ति क्रान्तिहरुको अनुभवको पनि सामान्यीकरण हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्