गोर्खा चाइनिज इटामाथि अनुसन्धान

pic
लाेकपाटी न्यूज

काठमाडौं, २० फागुन। ख्वप कलेज अफ इञ्जिनियरिङमा अध्यापनरत सिभिल इञ्जिनियरिङ विभागका प्राध्यापकहरुको समूहले गोर्खा चाइनिज इटाको विभिन्न पक्षमा अनुसन्धान तथा परीक्षण गरेका छन्। कलेजका इञ्जिनियर नविन भुजू, विभू थापामगर, युगेश गैंडा, रामेश्वर श्रेष्ठ र प्रिया पञ्चको समूहले इटामाथि अनुसन्धान तथा परीक्षण गरेका हुन्।

उनीहरुले गरेको अनुसन्धान तथा परीक्षणको नतिजा जर्नलमा प्रकाशित भएको छ। नतिजा अनुसार इटाको औसत कम्प्रेसिभ स्ट्रेन्थ १२ दशमलब ९१ एमपीए र पानी सोस्ने क्षमता १७ प्रतिशत भन्दा कम रहेको देखाएको छ। इटाको गुणस्तर विश्वव्यापी पहिलो श्रेणीको मापदण्ड अनुसार रहेको नतिजामा उल्लेख छ। नतिजा अनुसार यो इटामा स्थानीय बजारमा उपलव्ध हुने इटामा भन्दा वढी कम्प्रेसिभ स्ट्रेन्थ र कमै मात्र पानी सोस्ने क्षमता रहेको छ। अमेरिकन सोसाइटी फर टेष्टिङ एण्ड मेटेरिल्यस् र इन्डियन स्ट्यान्डर्स्लाई आधार मानी परीक्षण गरिएको जनाइएको छ। अध्ययन अनुसार इटाको लम्वाईमा ६ एमएम, चौडाईमा चार एमएम र मोटाईमा दुई एमएम भेरिएसन रहेको उल्लेख छ।

अनुसन्धानको मुख्य उद्देश्य कम्प्रेसिभ स्ट्रेन्थ, मोडुलस् अफ इलास्टिसिटी, मोडुलस अफ रिजिडिटी र पानी सोसाईबारे परीक्षण रहेको जनाइएको छ। गोर्खा चाइनिज इटाका प्रमूख कार्यकारी अधिकृत कृष्णराम देउपालाले इटाको गुणस्तरलाई कायम राख्न समयसमयमा विभिन्न टेष्ट ल्यावहरुमा टेष्ट गराउँंदै आएको बताए। साथै विभिन्न अनुसन्धानकर्ताहरुलाई अनुसन्धानका लागि अनुमति दिंदै आएको पनि उनले बताए। उनले अनुसन्धानको मुख्य उद्देश्य भनेकै यथासम्भब इटाको गुणस्तर बृद्धि गर्ने रहेको बताए।

यो इटा बजारमा पठाउनु अघि कारखानामा रहेको आफनै ल्याबमा परीक्षण पश्चात मात्रै बजारमा पठाउने उनले बताए। उनले अहिलेको आफूहरुको प्राथमिकता भनेको ग्राहक सन्तुष्टी रहेको जनाउँंदै गोर्खा चाइनिज इटाको प्रयोग गर्दा क्वालिटी र क्वान्टिटीमा ढुक्क रहन अनुरोध गरे। गोर्खा चाइनिज इटाको उद्योग बनेपाको बासडोलमा रहेको छ। यसले मंसिर महिनादेखि इटा उत्पादन थालेको थियो।

यो टनेल क्लिन प्रविधिबाट उत्पादन हुने वातावरणमैत्री उद्योग हो। यसले १२ है महिना इटा उत्पादन गर्छ। यो इटाको लम्वाई साढे नौ इन्च, चौडाई साढे चार इञ्च र मोटाई सवा दुई इञ्च रहने भएकोले औसतमा बजारमा पाइने तराई इटाभन्दा यसको आयातन (लम्वाई, चौडाई र मोटाई) बढी हुने जनाइएको छ। यो इटाको सतह सम्म मिल्ने भएकोले यसलाई फेस वालको रुपमा पनि प्रयोग गर्न सकिने जनाइएको छ। यसको लम्वाई र चौडाईमा भेरिएसन धेरै नै कम हुने भएकाले इटाको गारो लाउँंदा र प्लाष्टर गर्दा औसतमा क्रमशः २० वीस प्रतिशत सिमेन्ट मोर्टार कम लाग्ने कम्पनीको दावी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्