लोकपाटीका पत्रकार पाण्डे सम्मानित

pandye
लोकपाटी न्यूज

काठमाडौं। हाटबजार व्यवसायी सङ्घ रुपन्देहीले लोकपाटी सम्वाददाता अस्मिना पाण्डेलाई सम्मान गरेको छ। सङ्घको १४ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनमा उनलाई नगद सहित सम्मान गरेको हो।

पत्रकारिताको माध्यममार्फत स्थानीय कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सङ्घले उनलाई सम्मान गरेको हो। पत्रकार पाण्डे लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएकी छन्।

पत्रकारिताको माध्यमबाट स्थानीय स्तरका मुद्धाहरु उठाएबापत सम्मानित हुँदा उनले खुसी व्यक्त गरिन्। यस सम्मानले स्थानीय स्तरका मुद्धा दृढताका साथ उठाउन थप जिम्मेवारी महसुस भएको उनले बताइन्। आगामी दिनमा कृषि क्षेत्रमा कलम चलाउन यस सम्मानले थप हौसला दिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्