अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाले

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमनन्त्री केपी शर्मा ओलीलाई दिएकी छन्। अर्थमन्त्री युवराज खतिवडाको राजीनामा स्वीकृतपछि राष्ट्रपतिले दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिएकी हुन्।

दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका युवराज खतिवडाको कार्यकाल स्वत: आज सकिएको छ। उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए।

प्रधानमन्त्रीकै सिफारिसमा अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।