प्रधानमन्त्री ओलीलाई प्रचण्डद्वारा स्वास्थ्य लाभको शुभकामना

kp-oli-prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको दोस्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका हुन्। प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका थिए।

उनको बुधवार बिहान ९ बजे प्रत्यारोपण गर्ने तयारी छ। यसअघि आइतबार बसेको सचिवालयको बैठकले पनि प्रधानमन्त्रीको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्