‘उच्च राजनीतिज्ञ पठाउन लिलामणिलाई राजदूतबाट फिर्ता बोलायौं’

Pradip_Gyawali
लोकपाटी न्यूज

काठमाडौं। सरकारले छिमेकी देशमा उच्च राजनीतिक नेतृत्वको तर्फबाट राजदूत पठाउन चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई नेपाल फिर्ता बोलाइएको बताएको छ।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रो राजनीतिक नेतृत्वलाई राजदूतको रुपमा पठाउने तयारी रहेको बताएका हुन्। ‘हामीले छिमेकी राष्ट्रका राजदूतमा उच्च राजनीतिक नेतृत्वको तर्फबाट राजदूत पठाँउदा राम्रो हुन्छ भन्ने निष्कर्षमा पुगेका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘लीलामणि पौडेल राम्रो मान्छे हो। उहाँ कुशल प्रशासक हो।’

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राम्रो काम गर्दागर्दै पाडलेललाई फिर्ता बोलाइएको भन्दै सरकारको आलोचना भएको छ। पौड्याललाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति नेकपाका नेताहरु समेत असन्तुष्ट रहेको स्रोतको दावी छ।

आइतबारको निर्णयका विरुद्ध सामाजिक सञ्जालमा समेत चर्को असन्तुष्टि देखिएको छ। सामाजिक सञ्जालमा नेताका नातेदार राजदूतका लागि योग्य भएको र लिलामणि अयोग्य भएको कटाक्षपछि सरकारले प्रतिक्रिया दिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्