एनआईसी एसिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

Remittance Nicc
लाेकपाटी न्यूज

काठमाडौं, २० फागुन। एनआईसी एसिया बैंकले एनआईसी एसिया रेमिटमार्फत् निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूको सहभागीतालाई मध्यनजर गर्दै निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको हो।

यस योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरि एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ। उक्त योजना अनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ।

यस बैंकका ३१९ शाखा, १०७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल रुपमा भुक्तानी पाउन सकिनेछ। मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंकमार्फत् तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरै भन्दा धेरै ग्राहकलाई लाभग्राही हुने बैंकले विश्वास लिएको छ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको देशभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ५१ एटिएम, १०७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। करिव २१ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमूख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।

उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिव ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्