प्रधानमन्त्रीको गृहनगरमा ईञ्चार्ज वीरेन्द्र बस्नेत

Birendra Basnet
लोकपाटी न्यूज

बिर्तामोड, २० फागुन। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका समेत रहेको झापा निर्वाचन क्षेत्र नं.–५ (ख) मा नेकपाको इञ्चार्जको जिम्मेवारी युवा नेता वीरेन्द्र बस्नेतले प्राप्त गरेका छन्।

नेकपा प्रदेश नं.–१ कमिटीका सदस्य समेत रहेका बस्नेत तत्कालीन माओवादी जनयुद्धमा २७ महिना सेनाद्वारा वेपत्ता बनाइएका थिए । बस्नेतलाई शाही शासनमा मानव बधशाला भनेर कुख्याती कमाएको सेनाको भैरवनाथ गणमा चरम यातना दिइएको थियोे। बस्नेतका दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेत सोही भैरवनाथ गणबाटै हालसम्म पनि बेपत्ता पारिएका छन्।

तत्कालीन अखिल (क्रान्तिकारी) को पूर्वमहासचिवको समेत जिम्मेवारी पूरा गरिसकेका बस्नेत २०६५ सालमा सानोठिमी क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए। झापाको प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित संघीय निर्वाचन क्षेत्र ५ अन्तर्गतको ५ (ख) मा दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाको ५ , ६ र ७ वडा पर्दछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्