कुन वैज्ञानिकले के आविष्कार गरे ?

loksewa logo
लाेकपाटी न्यूज

डायनामोको आविष्कार माइकल फाराडेले गरेका हुन्। क्याल्कुलेटरका आविष्कारक पास्कल हुन् । एयर कन्डिसनरको आविष्कार विलिस एच केरियरले गरेका हुन् । ब्यारोमीटरको आविष्कार ई. टेरिसेलीले गरेका हुन् । साइकलको आविष्कारक मेकमिलनले गरेका हुन् । क्रेस्कोग्राफ जगदीशचन्द्र बोसले पत्ता लगाएका थिए ।

सिनेमा स्कोपको आविष्कार हेनरी चेट्रीनले गरेका हुन् । कटन जीनको आविष्कार एली ह्वीट्नेले गरेका हुन् । डिजल इन्जिनको आविष्कार गर्ने व्यक्ति रूडोल्फ डिजल हुन् । प्रेटोल इन्जिन डायमलरले पत्ता लगाएका थिए । डाइनामाइट अल्फ्रेड वनहार्ड नोबेलले पत्ता लगाएका थिए । इलेक्ट्रो म्याग्नेटको आविष्कार डब्ल्यु स्टरजनले गरेका हुन् । रेडियो एक्टिभिटीको आविष्कार हेनरी वेकुरेलले गरेका हुन् । वासिङ मेसिनको आविष्कार गर्ने व्यक्ति चाल्स स्टोन हुन् । एफ।एम। रेडियोको आविष्कार गर्ने व्यक्ति एड्वीन आर्मर्ट्रङ हुन् ।

इलेक्ट्रोनिक करेन्ट तथा ब्याट्रीको आविष्कार अल्सेनले गरेका हुन् । सिलाइ मेसिन निमार्ण गर्ने व्यक्ति एलियास हावे हुन् । इलेक्ट्रोनिक जेनेरेटरको आविष्कार माइकल फाराडेले गरेका हुन् । फाउन्टेन पेन वाटरमेनले बनाएका हुन् । वायरलेस टेलिग्राफको आविष्कार गुग्लिल्मो मार्कोनीले गरेका हुन् । स्टीम इन्जिनको आविष्कार जेम्स वाटले गरेका हुन् । स्टिम बोटको आविष्कार फुल्टनले गरेका हुन् । अक्सिजन जे प्रिस्टले पत्ता लगाएका हुन् । टेलिफोनको आविष्कार अलेक्जेन्दर ग्राहम वेलले गरेका हुन् । थर्मोमिटरको आविष्कार ग्यालिलियोले गरेका हुन् ।

इलेक्ट्रोनको आविष्कार जे जे थोम्सनले गरेका हुन् । प्याराुुटको आविष्कारक जे। ब्लेन चार्ड हुन् । टेलिभिजनक आविष्कार गर्ने व्यक्ति जे एल वेयर्ड हुन् । एक्सरे मेसिनको आविकार गर्ने व्यक्ति विल्हेम कोनराड रोएन्टजेन हो । प्रिन्टीङ प्रेसको आविष्कार गर्ने व्यक्ति गुटेन वर्ग हुन् । फोटोग्राफको आविष्कारक लुइ डेगुरे हुन् । मुभि प्रोजेक्टरको आविष्कार गर्ने व्यक्ति थोमस अल्वा एडीसन हुन् । लाउड स्पिकर थोमस एल्भा एडिसनले बनाएका हुन् । माइक्रोफोनको आविष्कार गर्ने व्यक्ति एमिल वर्लिनर हुन् । मेशिन गनको आविष्कार गर्ने व्यक्ति आर गेट्लीङ हुन् ।

कोडाक फिल्म जर्ज स्टमेनले बनाएका हुन् । हेलिकप्टरको आविकार गर्ने व्यक्ति बेक्र्वेट हुन् । पेन्डुलम घडी क्रिश्चियन हायजेन्सले बनाएका हुन् । राडरको आविष्कार सर रबर्ट वाटसन हुन् । फोनोग्राफको आविष्कार थोमस एल्भा एडिसनले गरेका हुन् । घडीको आविष्कार गर्ने व्यक्ति ए एल ब्रिगेट हुन् । रेडियोको आविष्कार गर्ने व्यक्ति गुग्लिल्मो मार्कोनी हुन् । क्यामेराको आविष्कार जोसेफ नियसीले गरेका हुन् । हवाइजहाजको आविष्कार वोरभिल राइट र विलभर राइट दाजुभाईले गरेका हुन् । बेलुनको आविष्कार गर्ने व्यक्ति जोसेफ र ज्याकोभ मोन्ट गोल्फर हुन् ।

रङको आविष्कार शालिमारले गरेका हुन् । इलेक्ट्रोनिक मोटरको आविष्कार निकोला तेसेलाले गरेका हुन् । माइक्रोस्कोपको आविष्कार जानसन जखरायले गरेका हुन् । रकेट इन्जिनको आविष्कार गेडार्डले गरेको हुन् । रेडियमको आविष्कार म्याडम क्युरीले गरेका हुन् । सेफ्टी ल्याम्पको आविष्कार हाम्फ्रे डेवीले गरेका हुन् । पनडुब्बीको आविष्कार साइमन लेकले गरेका हुन् । मोटर कारको आविष्कारक हेनरी फोर्ड हुन् । सिमेन्टको आविष्कार एस्पिडिनले गरेका हुन् । भ्याकुम क्लिनरको आविष्कार आइभिस भ्याक्गेफीले गरेका हुन् । फोटोकपी मेसिनको आविष्कार चेस्टर कार्लसनले गरेका हुन् ।

ग्यास इन्जिनको आविष्कार डायमलरले गरेका हुन् । प्रिन्टिङ प्रेसको आविष्कार केक्सटनले गरेका हुन् । रेफ्रिजेनेरेटरको आविष्कार जेकव पार्किन्सले गरेका हुन् । कम्प्युटरको आविष्कार हर्मन पार्किन्सले गरेका हुन् । प्रेसर कुकरको आविष्कार गर्ने व्यक्ति रोबर्ट ब्वाइल हन् । एटम बमको आविष्कार अटो हानले गरेका हुन् । ब्लेडको आविष्कार जिलेटले गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्