चीनले कोरोना प्रभावित देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने

corona
लाेकपाटी न्यूज

काठमाण्डौ । चीनले कोरोना भाइरसबाट प्रभावित देशबाट आउने सबै मानिसलाई १४ दिन क्वारेन्टाइनमा राख्न थालेको छ । चीनले दक्षिण कोरिया, जापान, इरान र इटलीबाट चीन पुग्ने सबै मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राख्न थालेको हो । चीन सरकारले सम्पूर्ण जनतालाई सचेत रहन सबैलाई आग्रह गर्दै यस्तो अवस्थामा अनिवार्य बाहेकको समयमा यात्रा नगर्न पनि आग्रह गरेको बीबीसीले जनाएको छ ।

चीनमा संक्रमितको संख्या थपिने तथा ज्यान गुमाउनेको संख्या घटिरहेको छ । पछिल्लो २४ घण्टामा चीनमा १ सय २५ जना नयाँ संक्रमित भेटिएका छन् । भने, ३१ जनाको ज्यान गएको छ । तर, चीन बाहिर संक्रमण फैलने क्रम तीव्र बनेको छ । चीन बाहिर मात्रै १२ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ ।

दक्षिण कोरिया, इटाली, इरान, जापान, अमेरिका, स्विजरल्याण्ड लगायतका देशमा कोरोना फैलने क्रम तीव्र बनेको छ । ८० देशमा फैलिसकेको कोरोनाबाट अहिलेसम्म ३१ सय ६० भन्दा धेरैको ज्यान गैसकेको छ भने झण्डै ९३ हजारमा संक्रमण भएको छ । ४८ हजार भन्दा धेरै मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्