टी-२० को वरीयतामा नेपाल तीन स्थान तल

nepal_cricket
लाेकपाटी न्यूज

काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको ‘टी२०’ वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । मंगलबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो।

यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टी(२०’ वरीयतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ । एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र यूएई क्रमश १२ औँ र १४ औँ स्थानमा रहेका छन् ।

‘टी-२०’ वरीयताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । भने, अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । एक दिवसीय वरीयतामा भने नेपाल यथावत रहेको छ । नयाँ वरीयताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्