प्रधानमन्त्रीज्यू, हामी संसदमा तपाईको प्रतीक्षामा छौं : गगन थापा

Gagan Thapa
लोकपाटी न्यूज

काठमाडौं, २१ फागुन। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

थापाले प्रधानमन्त्रीले नेपालको उत्कृष्ट अस्पताल रोज्नु आफैमा गर्वको विषय भएको भन्दै उम्दा चिकित्सकको क्षमता र स्वास्थ्यकर्मीको टोली प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न सफल हुने विश्वास व्यक्त गरेका छन्। उनले यसका लागि प्रधानमन्त्री ओलीप्रति आभारसमेत व्यक्त गरेका छन्।

थापाले प्रधानमन्त्रीको विश्वासले जित्ने भन्दै सबै नेपालीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरिरहेको बताएका छन्। यस्तो छ फेसबुकमा नेता थापाले लेखेको स्टाटस।

‘प्रधानमन्त्रीज्यू, नेपालको उत्कृष्ट अस्पताल, उम्दा क्षमताको चिकित्सक र स्वास्थ्यकर्मीको टोली, अनि तपाईंको गजबको आत्मविश्वास र हामी सबै नेपालीको शुभेच्छा। पूर्ण विश्वास छ स्वस्थ भएर चाडैं घर फर्कनुहुनेछ। हामी संसदमा तपाईंको स्वागत गर्न कुरिरहेका हुनेछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्