कसरी याैन सम्पर्क गर्दा गर्भ रहँदैन ?

Sex partner
लोकपाटी न्यूज

काठमाडौं। यौन मानवीय र जीवित प्राणीको प्राकृतिक आवश्यकता नै हो। मानिसलाई खानपानको जरुरी भएजस्तै यौनको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ। तर यौनका पनि चरण र प्रक्रियाहरु हुन्छन्। विवाहिताले गर्ने यौन र अविवाहिताले गर्ने यौनमा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन्।

यौनमा रोमान्स र आनन्दको कुरा त छँदैछ। यससँगै यौन गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो। गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो। कतिपय स्थितिमा पहिलो वा एक मात्र यौन सम्पर्कमा नै गर्भ रहन्छ। तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्भ नरहन सक्छ।

यौन सम्पर्कका बेला पुरुषको वीर्यस्खलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन्। २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ। तर त्यही अनुपातमा अगाडिका दिनमा विर्य नै योनीमा स्खलन गर्दा पनि गर्भ रहने सम्भावना अत्यन्तै न्यून हुन्छ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ। महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ। सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ। उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्