आजको मौसम: मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

weather
symbolic photo
लाेकपाटी न्यूज

काठमाडौं । बुधबार पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू-भागमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको महशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।रातको समयमा देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातको समयमा देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एकर दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। रातीको समयमा देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्