प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा ढिलाइ

kp sharma oli
लोकपाटी न्यूज

काठमाडौं, २१ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौलाको प्रत्यारोपणमा केही ढिलाइ भएको छ। विहान ९ बजेबाट शुरु गर्ने भनिएको प्रत्यारोपणमा केही समय ढिलाइ भएको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गाका अनुसार केही रिपोर्ट आउन बाँकी रहेकाले अपरेशन थिएटरमा लगिएको छैन। ‘प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ’, उनले भने, ‘रिपोर्टमा सबै नर्मल देखिए तत्कालै प्रत्यारोपण शुरु गर्नेछौं।’

रिपोर्टमा केही समस्या देखिएमा फेरि थिएटरबाट निकालेर टेष्ट गर्नुभन्दा पहिला नै सबै रिपोर्ट हेरर अप्रेशन थिएटरमा लैजाने बताए। ‘केही रिपोर्टहरू आउन बाँकी छ। रिपोर्टमा केही समस्या देखियो भने फेरि अप्रेशन थिएटरबाट निकालेर टेष्ट गर्नुपर्ने भएकाले रिपोर्ट कुरेर बसेका छौं’, उनले जानकारी दिए।

प्रधानमन्त्रीलाई भेट्न अस्पतालभित्र रहेका मन्त्रीहरूलाइ अप्रेशन थिएटरमा लैजानु अघि प्रधानमन्त्रीलाई भेट्न दिइने डा. खड्गाले बताए। प्रधानमन्त्रीको सफल अपरेशनको कामना गर्दै मन्त्री तथा नेताहरु त्रिवि शिक्षण अस्पताल पुग्ने क्रम जारी छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पतालमै छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्